वडाअध्यक्षको निरन्तर प्रयासपछि सितलपुरले पायो शुद्ध खानेपानीको आशा

0

माघ २१ गते राम प्रवेश बैठा
रौतहटको फतुवा विजयपुर नगरपालिका–२, सितलपुरमा ओभरहेड ट्यांकी निर्माण कार्य सुरु भएसँगै अब स्थानीयवासीले शुद्ध तथा सुरक्षित खानेपानी पाउने आशा पलाएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका सितलपुरवासीका लागि यो योजना महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ ।
जानकारी अनुसार संघीय सरकारबाट यस योजनाका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गरी स्थानीयलाई सेवा दिन लक्ष्य लिइएको छ ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार वडा अध्यक्ष **अनिरूद्व यादव (सञ्जय)**को निरन्तर पहल र प्रयासका कारण यो योजना अघि बढेको हो । वडा अध्यक्ष यादवले खानेपानीसँगै शिक्षा, कृषि तथा पूर्वाधार विकासका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
सितलपुरमा विकासका योजनाहरू क्रमशः अघि बढ्दै गएपछि स्थानीयवासीले आफ्नो जीवनस्तर उकासिने विश्वास व्यक्त गरेका छन् । साथै, योजनाको काम गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै पक्षको निगरानी र सहकार्य आवश्यक रहेको स्थानीयहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *