लक्ष्मिनियामा सडक ढलान कार्यको शिलान्यास

0

पुस १६ गते राम प्रवेश बैठा

 रौतहटको देवाही गोनाही नगरपालिकामा सडक पूर्वाधार विकासतर्फ एक महत्वपूर्ण कदम अघि बढेको छ। देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बुधबार एक कार्यक्रमका बीच नगरपालिका–२ लक्ष्मिनियामा सडक ढलान कार्यको शिलान्यास गर्नुभएको छ।
वडा अध्यक्ष अतिकु रहमानको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख साहले नगरपालिकाको समग्र विकासका लागि आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो।
संघीय सरकारको शहरी विकास मन्त्रालयबाट प्राप्त शसर्त अनुदान अन्तर्गत उक्त सडक ढलान कार्य अघि बढाइएको हो। कुल ७० लाख रुपैयाँको लागतमा निर्माण हुने सडक १६ फिट चौडाइ र ६७५ मिटर लम्बाइको रहने नगर प्रमुख साहले जानकारी दिनुभयो।
स्थानीयवासीहरूले सडक ढलानपछि वर्षायाममा हुने आवागमनको समस्या समाधान हुने र दैनिक जनजीवन सहज हुने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाले विकास निर्माणका कार्यहरूलाई पारदर्शी र प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *