शिक्षामन्त्रीको निर्देशन: प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउनु

0

२३ भाद्र २०८१ 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन निर्देशन दिएकी छन्।

आइतबार ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आयोजित कार्यक्रममा उनले साक्षरताविना शिक्षा र शिक्षाविना विकास सम्भव नहुने भएकाले समयसापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिइन्।

“सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन हुँदैन, सबै सरोकारवालाको सहभागितामा र सहयोगमा सरकारले काम गर्छ। आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकार प्रतिबद्ध छ, त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक छ”, मन्त्री भट्टराईले भनिन्।

त्यस अवसरमा उनले प्रौढ महिलालाई कक्षा १० सम्म पढाउने छ वटा महिला विद्यालयलाई सम्मान गरिन्। नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *