कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै पीडित भए : प्रभु साह

0

रौतहट, १८ मंसिर ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेका छन् । कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै आतंकित हुनुका साथै पीडित भएको उनले बताए ।

रौतहटको गौरमा आज (बिहीबार) रौतहट क्षेत्र नं. १ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी कर आतंकले महंगी बढेको बताएका छन् । उनले करको नाममा हरेक क्षेत्रमा सरकारले आतंक मचाएको आरोप लगाए ।

‘सरकार पिच्छेको सरकारले हरेक बस्तुमा करमाथि कर लगाउने र नागरिकलाई लुटने काम गरिरहेको छ’, आजपा साहले भने, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाईकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो ।’

सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले करछलीको नाममा निजि सम्पती लुटिरहेको उनले गम्भिर आरोप लगाए । शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताउदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी कर आतंक मचाइएको बताए ।

‘अहिले सरकारी कर आतंक मचिएको छ । हरेक बस्तुमा मनपरी कर आतंक रहेको छ । त्यसकारण उधोग, व्यापार चौपट हुने अवस्थामा पुगेको छ । सर्वसधारणले उपभोग गर्ने बस्तुहरु कर आतंककै कारण महंगो भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘गाउँ शहरदेखी सिमावर्ती क्षेत्रका सर्वसधारण नागरिक कर आतंकले पीडित भएका छन ।’

  1. भेलाबाट उमाशंकर साहको नेतृत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *