सामुदायिक रेडियोलाई अकोराबद्वारा सञ्चालित सीआईएनको मधेश प्रदेश साधारण सभा यही २२ गते हुने

0

filter: 101; fileterIntensity: 0.8; filterMask: 0; captureOrientation: 0; runfunc: 0; algolist: 0; multi-frame: 1; brp_mask:8; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; motionR: 65536; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4194304;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 292.6408;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 65536;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 35;zeissColor: bright;

सर्लाही १३ गते

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल मधेश प्रदेशको साभारण सभा यही मंसिर २२ गते हुने भएको छ ।

आज सर्लाहीको हरिवनमा रहेको सामुदायिक रेडियो सर्लाहीको कार्यालयमा बसेको बैठकले यस प्रसारक संघको साधारण सभा मंसिर २२ गतेको लागि रौतहट जिल्लाको मौलापुर पिकनिक पार्कमा गर्ने निर्णय गरेको संघका उपाध्यक्ष रिना आलेले जानकारी दिनुभयो ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) मधेश प्रदेशका अध्यक्ष उपासना कुुमारी तिवारीको अध्यक्षतामा बसेको बैठकले संघमा आवद्ध सबै रेडियोको हित तथा आर्थिक रुपमा सवल बनाउन यस प्रदेशमा रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायलाई सामुदायिक रेडियोमार्फत सूचना सन्देश तथा कार्यक्रम प्रसारण गर्न आग्रह तथा पहल गर्ने निर्णय गरेको कोषाध्यक्ष  बटुकनाथ झाले बताउनुभयो ।

संघमा  आवद्ध रहेका सबै सामुदायिक रेडियोलाई अकोराबद्वारा सञ्चालित सीआईएनको बिहान ६ः०० र साँझ ७ः३० बजेको साझा खबर अनीवार्य रुपमा प्रसारण गर्न आग्रह गर्ने निर्णय गरिएको  कार्य समिति सदस्य राम प्रवेश बैठाले बताउनुभयो ।

अकोराब र नेपाल विद्युत प्राधिकरण बीचमा भएको सम्झौता अनुसार मधेश प्रदेशमा रहेका सबै सामुदायिक रेडियोहरूको विद्युत महसुलमा छुुट उपलब्ध गराउन  पहल गर्ने निर्णय भएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *