रौतहटको देवाही गोनाहीमा ११औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन सम्पन्न

0

filter: 0; fileterIntensity: 0.000000; filterMask: 0; captureOrientation: 0; shaking: 0.000000; highlight: 0; algolist: 0; multi-frame: 1; brp_mask: 0; brp_del_th: 0.0000,0.0000; brp_del_sen: 0.0000,0.0000; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 315.09937;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 65536;weatherinfo: weather:null, icon:null, weatherInfo:100;temperature: 36;zeissColor: bright;

राम प्रवेश बैठा ३० गते

रौतहटको देवाही गोनाही नगरपालिकामा ११औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित अधिवेशन मेयर प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद जयचन्द्र पटेल रहनुहुँदा अधिवेशनमा नगरको विकास, पूर्वाधार, सामाजिक क्षेत्र तथा आगामी वर्षका प्राथमिकताका विषयमा विस्तृत छलफल गरिएको थियो।

चालू आर्थिक वर्ष २०८२/८३ का लागि कुल रू. ५३ करोड १६ लाख ३२ हजार को अनुमानित बजेट प्रस्तुत गरिएको छ। उक्त बजेट वडा नं. ४ का वडाध्यक्ष डा. रामप्रवेश प्रसाद पटेल (DrRp Patel) ले नगरसभामा प्रस्तुत गर्नुभएको हो।

बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक विस्तार, कृषि प्रवर्द्धन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको बताइएको छ। स्थानीय तहको विकासलाई तीव्रता दिने उद्देश्यका साथ आगामी वर्षका योजनाहरू समावेश गरिएको नगरपालिकाले जनाएको छ।

अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। नगरपालिकाले पारदर्शी, दिगो र नागरिकमैत्री विकासका लागि सबै पक्षसँग निरन्तर सहकार्य रहने प्रतिवद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *