नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको आज एक समारोहका बीच उद्घाटन

0

filter: 0; fileterIntensity: 0.000000; filterMask: 0; captureOrientation: 0; hdrForward: 5; shaking: 0.000000; highlight: 1; algolist: 0; multi-frame: 1; brp_mask: 8; brp_del_th: 0.0000,0.0000; brp_del_sen: 0.0000,0.0000; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4194304;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 159.89856;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 65536;weatherinfo: weather:null, icon:null, weatherInfo:100;temperature: 43;zeissColor: bright;

राम प्रवेश बैठा २९ गते
रौतहटको, मौलापुर नगरपालिका–७, पिपरियामा स्थापित नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको आज एक समारोहका बीच उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री प्रभु साहले रिबन काटेर स्वास्थ्य केन्द्रको औपचारिक शुभारम्भ गर्नुभयो।
उद्घाटन समारोहमा नगरप्रमुख रिना कुमारी साहले अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह, वडा नं.–७ का वडा अध्यक्ष राम पुकार साह, वडा नं ५ का अध्यक्ष चन्द्र शेखर प्रसाद साह ४ का वडाअध्यक्ष उदघोक दिलिप साह र विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी तथा स्वास्थ्यकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवीन संरचनासहित नगरपालिका द्वारा निर्माण गरिएको यो सुविधा सम्पन्न स्वास्थ्य केन्द्रबाट स्थानीय बासिन्दाले गुणस्तरीय र सहज स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्दै पूर्वमन्त्री साहले नगरपालिका नेतृत्वको प्रशंसा गर्नुभयो। “यस महत्वपूर्ण संस्थालाई सफलतापूर्वक निर्माणमा पुर्‍याउन योगदान पुर्‍याउने मेयर, उपमेयर, वडा अध्यक्ष तथा सम्पूर्ण नगरपरिवारलाई धन्यवाद व्यक्त गर्दछु,” उहाँले भन्नुभयो।
स्थानीयवासीले पनि स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नियमित उपचार, मातृ–शिशु स्वास्थ्य, आपतकालीन सेवा तथा अन्य आधारभूत स्वास्थ्य सुविधा सहज रूपमा प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।
नगरपालिकाले आगामी दिनमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *