बिजया दशमीको अवसरमा रास्ट्रिय दलित पत्रकार संघ रौतहट कार्य समितिको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

0

आसिन १६ गते राम प्रवेश बैठा
रौतहटमा आज बिजया दशमीको पावन अवसरमा रास्ट्रिय दलित पत्रकार संघ रौतहट कार्य समिति द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सो कार्यक्रम रौतहट जिल्लाका दलित समुदायको समस्याहरूको समाधानमा केन्द्रित रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पसमान, नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्य समिति सदस्य एवं मौलापुर एफ.एम १००.७ मेगाहर्ज को स्टेशन म्यानेजर राम प्रवेश बैठा र फतुवा बिजयपुर नगरपालिका मेयर प्रत्यासी विजय यादव निर्विज लगायत रौतहट जिल्लाका दलित अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका दौरान, रास्ट्रिय दलित पत्रकार संघ रौतहट कार्य समिति सदस्यहरूले दलित समुदायका लागि समस्याको समाधान गर्न सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले सम्पूर्ण दलित समुदायको हितमा निर्णय लिने पनि बताएका छन्।

यस अवसरमा, रास्ट्रिय दलित पत्रकार संघ रौतहट कार्य समितिका सदस्यहरूलाई २५ थान ब्याग बित्रण गरिएको छ। कार्यक्रमको अध्यक्षता रास्ट्रिय दलित पत्रकार संघ रौतहट जिल्ला अध्यक्ष राजेश पसमान निर्वानीले गरेका थिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता र भद्रभलादमीहरूको उपस्थिती रहेको थियो, जसले कार्यक्रममा थप महत्व र आकर्षण प्रदान गरेको थियो।

सो कार्यक्रमले रौतहट जिल्लामा दलित समुदायको सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न र उनीहरूको समस्याहरूलाई प्रमुखता दिँदै अगाडि बढ्ने एक सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *