नेशनल मेडिकल कलेज विरगञ्जको चरम लापरबाहीले दुई वर्षीय बालकको मृत्यु

0
वीरगञ्ज, २६ साउन ।
वीरगञ्ज महानगरपालिकामा रहेका नेशनल मेडिकल कलेजको चरम लापरवाहीबाट दुई बर्षीय बालकको मृत्युले मानवतालाई झकझोर बनाएको छ ।
आईतवार साँझ उपचारको लागि आएका बालकलाई आकस्मिक कक्षमा राखेर तत्कालै उपचार गर्नुपर्नेमा पहिला पैसा जम्मा गर्नुस अनी उपचार हुन्छ अस्पताल प्रशासनले ढिपी राखेपछि उपचारमा ढिलो हुँदा गएराति ९ बजे ति बालकको मृत्यु भएपछि अस्पतालको चरम लापरवाहीको कारण मानवतालाई झकझोर बनाएको हो ।
सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीका २ वर्षीय इकृत महतोको नेशनल मेडिकल कलेज, वीरगञ्जको लापरबाही र आर्थिक लोभका कारण ज्यान गएको गम्भीर आरोप पिडित परिवारले लगाएको छ ।
आइतबार मोटरसाइकल दुर्घटनामा घाइते भएका इकृतलाई प्रारम्भिक उपचारपछि वीरगञ्ज रिफर गरिएको थियो । तर, बालकका हजुरबुवा रामपुकार महतोका अनुसार, अस्पतालले रकम जम्मा नगर्दा सम्म उपचार गर्न अस्वीकार गर्यो जसको कारण नातीको मृत्यु भयो ।
रामपुकारले साँझ ७ बजे अस्पताल पुगे पनि पैसा जुटाउन ढिलाइ हुँदा उपचार दुई घण्टापछि मात्र सुरु भएको बताए । “पैसाकै कारण मेरो नातिको हत्या भयो,” उनले भने, “राति साढे ९ बजे उसको मृत्यु भयो ।” उनले अस्पतालको रवैयालाई हत्या भएको भन्दै दोषीमाथि कारबाहीको माग गरे ।
यता, अस्पतालका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले आफूलाई घटना थाहा नभएको तर घटनाबारे अनुसन्धान गर्ने प्रतिबद्धता जनाए । यो घटनाले स्वास्थ्य सेवामा आर्थिक प्राथमिकता र मानवीय संवेदनशीलताको अभाव माथि प्रश्न उठाएको छ । स्थानीय र इकृतका आफन्तले गहिरो अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *