‘म्याट्रिक्स फाइट नाइट’मा रवीन्द्र ढाँट च्याम्पियन
आइतबार, साउन १८,
२०८२
नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा च्याम्पियन बनेका छन् ।
रवीन्द्रले डिफेन्डिङ च्याम्पियन भारतका चुनरेङ कोरेनलाई पराजित गरेका हुन् । उनले तेस्रो राउण्डको ५४ सेकेन्डमा कोरेनलाई नकआउट गरेका थिए ।
व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै रवीन्द्रले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट हात पारेका छन् ।
