मौलापुर नगरपालिकाको नवौं बजेट अधिवेशन सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न
filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 52.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;
रौतहट, मौलापुर – मौलापुर नगरपालिकाको नवौं नगरसभा तथा आर्थिक वर्ष २०८२/०८३ को बजेट अधिवेशन पूर्व मन्त्री तथा संघीय सांसद माननीय प्रभु साहको प्रमुख आतिथ्यतामा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनमा नगर प्रमुखले आगामी वर्षको नीति तथा कार्यक्रमसहित कुल रु ३९ करोड ८० लाख ९६ हजार ६६४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
यस वर्षको बजेट सामाजिक, शैक्षिक, भौतिक तथा समावेशी विकासका दृष्टिले दिगो र जनमुखी बन्ने विश्वास व्यक्त गरिएको छ। नीति तथा कार्यक्रममा समावेश मुख्य विशेषताहरू यस प्रकार छन्:
१. नगर क्षेत्रभित्र निःशुल्क बिजुली तथा खानेपानी सेवा निरन्तरता।
२. नगर शिक्षक र नगर चिकित्सक कार्यक्रमको निरन्तरता।
३. सामाजिक न्यायमा आधारित ‘बेटिके साथ मेयर’ कार्यक्रम अझ प्रभावकारी रुपमा संचालन गरिने।
४. शुल्क, महसुल, कर तथा राजस्वमुक्त नीतिलाई निरन्तरता दिइने।
५. छोरीहरूका लागि शून्य शुल्कमा सिभिल र जियोमेटिक्स इन्जिनियरिङ अध्ययनको सुविधा निरन्तरतासाथ उपलब्ध हुने।
६. हरनहिया – मौलापुर – जयनगर, गम्हरिया – चिरचिरिया – सोनरनिया, र सोनरनिया – सितलपुर सडक मर्मत तथा स्तरोन्नतिको कार्य सुनिश्चित गरिने।
७. ५ विद्यालयमा ८ भवन अन्तर्गत ७० वटा नयाँ कक्षाकोठा निर्माण गरिने।
८. सम्पूर्ण विद्यालयलाई स्मार्ट विद्यालय बनाउँदै अत्याधुनिक डिजिटल प्रविधि जडान गरिने।
९. विपद्बाट प्रभावित परिवारहरूलाई विशेष राहत उपलब्ध गराइने।
१०. वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित कार्यक्रमहरू संचालन गरिने।
नगर प्रमुखले बजेट सार्वजनिक गर्दै सबै वडास्तरमा समान विकासको सुनिश्चितता गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सूचना प्रविधिमा उल्लेखनीय सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा नगर प्रमुख रिना कुमारी साह उपप्रमुख, नागेन्द्र प्रसाद यादव १ देखि ९ सम्मका वडाध्यक्ष, जनप्रतिनिधि, पत्रकार स्थानीय सामाजिक अगुवा, कर्मचारी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
