भलोहिया नयाँ बस्ती टेरहा टोलमा सडक ढलान कार्य सुरु, नगर अध्यक्ष सम्भु सिंह ज्युद्वारा उद्घाटन

0

राम प्रवेश बैठा

असार ९ गते

रौतहट, दुर्गा भगवती गाउँपालिका —
दुर्गा भगवती गाउँपालिका अन्तर्गत वार्ड नं २ भलोहिया स्थित नयाँ बस्ती टेरहा टोलको दलित बस्तीमा वर्षौंदेखि बाढी र वर्षातको कारणले पर्ने असहज अवस्था अन्त्य गर्न नगर स्तरिय बजेट अन्तर्गत सडक ढलान कार्य सुरु गरिएको छ।

गाउँपालिकाका नगर अध्यक्ष सम्भु सिंह ज्युकाे प्रमुख आतिथ्यमा विधिवत रूपमा उक्त सडक निर्माण कार्यको उद्घाटन गरिएको हो।

स्थानीयवासीहरूका अनुसार प्रत्येक वर्ष बर्षातको समयमा सडकमा हिलो, पानी जम्ने र आवागमनमा समस्या हुने जस्ता कठिनाइले उनीहरू दीर्घकालीन पीडामा थिए। यो समस्या समाधान गर्ने उद्देश्यले दुर्गा भगवती गाउँपालिकाले यो योजनालाई प्राथमिकतामा राख्दै सडक ढलानको कार्य अघि बढाएको हो।

नगर अध्यक्ष सम्भु सिंह ज्युले उद्घाटन समारोहमा बोल्दै भने, “स्थानीय जनताको पीडा बुझ्नु र समाधानका लागि प्रतिवद्धता जनाउनु हाम्रो कर्तव्य हो। यो सडक निर्माण कार्य हामीले गरेका प्रतिबद्धताको एउटा उदाहरण हो, र हामी आगामी दिनहरूमा पनि जनताको आवश्यकता अनुसार सेवा पुर्‍याउन निरन्तर लागिरहनेछौं।”

उक्त परियोजना सम्पन्न भएपछि स्थानीय बासिन्दाहरूलाई वर्षायाममा सुरक्षित र सहज आवागमनको सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ।

सडक ढलान कार्यको थालनीसँगै स्थानीयहरूमा हर्षको वातावरण छाएको छ। उनीहरूले नगर अध्यक्ष र गाउँपालिका प्रशासनप्रति आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *