रौतहटको मौलापुर-६ पथराबुधराममा खानेपानी ट्याङ्की निर्माण कार्य सुरु

0

असार ९ गते राम प्रवेश बैठा

रौतहट, मौलापुर – रौतहट जिल्लाको मौलापुर नगरपालिका वार्ड नं. ६ पथराबुधराममा सुरक्षित र स्थायी खानेपानी पहुँच विस्तारको लक्ष्यसहित खानेपानी ट्याङ्की निर्माण कार्य सुरु भएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग, कार्यालय बीरगञ्जको सहयोगमा र मौलापुर नगरपालिकाको विशेष समन्वयमा उक्त योजना कार्यान्वयनमा ल्याइएको हो।

रौतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा आम जनता पार्टीका केन्द्रीय अध्यक्ष माननीय प्रभु साहको विशेष पहलमा बहुवर्षीय योजनाको रूपमा यो आयोजना अगाडि बढाइएको हो। हाल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ भने यस वर्ष बाउन्डरी वाल (घेरबार) निर्माणको कार्य समेत सम्पन्न गरिने योजना रहेको छ।

स्थानीय बासिन्दाहरूको दीर्घकालीन खानेपानी समस्याको समाधान गर्ने लक्ष्यसहित निर्माणाधीन ट्याङ्कीले पथराबुधराम लगायत आसपासका बस्तीहरूमा स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

नगरपालिका तथा संघीय निकायको सहकार्यमा सञ्चालित यो आयोजना स्थानीय स्तरमै विकासको एउटा महत्वपूर्ण नमुना बन्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *