तस्बिरमा त्रिविको ५०औं दीक्षान्त समारोह

0
 १३ पुस २०८१ शनिबार
२०८१ शनिबारत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वर्णिम ५०औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भव्यताका साथ सम्पन्न गरेको छ। समारोहमा प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओली प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए।

समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल, र पीएचडी तहका १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित भए। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकका ९,०६८, स्नातकोत्तरका ५,०५५, एमफिलका ६३ र पीएचडीका १२२ विद्यार्थीहरूले उपाधि प्राप्त गरे।

उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष पदक प्रदान गर्दै सम्मान गरिएको थियो। दीक्षान्त पोशाकमा सिँगारिएका विद्यार्थीहरूको उत्साह र परिवारको गौरवपूर्ण अनुहार समारोहको मुख्य आकर्षण बने।

दीक्षित विद्यार्थी, प्रमाणपत्र वितरण, र समारोहका रमाइला पलहरू। तस्बिरहरु : दिपेश दर्शनधारी/नागरिक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *