बङ्गलादेशमा सत्ता परिवर्तनपछि गार्मेन्ट उद्योगमा ४० करोड डलरको क्षति

0

CORRECTION / Anti-government protestors display Bangladesh's national flag as they storm Prime Minister Sheikh Hasina's palace in Dhaka on August 5, 2024. Bangladesh army chief Waker-Uz-Zaman spent nearly four decades rising to the top of the military and said on August 5, he was "taking full responsibility" after Prime Minister Sheikh Hasina was ousted and fled. (Photo by K M ASAD / AFP) / “The erroneous mention[s] appearing in the metadata of this photo by K M ASAD has been modified in AFP systems in the following manner: [Correction in caption para and second line]. Please immediately remove the erroneous mention[s] from all your online services and delete it (them) from your servers. If you have been authorized by AFP to distribute it (them) to third parties, please ensure that the same actions are carried out by them. Failure to promptly comply with these instructions will entail liability on your part for any continued or post notification usage. Therefore we thank you very much for all your attention and prompt action. We are sorry for the inconvenience this notification may cause and remain at your disposal for any further information you may require.”

 २०८१ कार्तिक ४ गते  काठमाडौं ।

बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड अमेरिकी डलर गुमाएको उद्योग सम्वद्ध अधिकारीहरूले आइतबार बताएका छन् ।

दक्षिण एसियाली मुलुकका तीन हजार ५०० गार्मेन्ट फ्याक्ट्रीले वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको करिब ८५ प्रतिशत हिस्सा ओगटेका छन्, तर अशान्तिका कारण बङ्गलादेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रमा ठूलो व्यवधान उत्पन्न भएको छ ।

महिनौँ लामो विरोध प्रदर्शनपछि आवामी लीगका नेता शेख हसिना गत अगस्ट ५ मा हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन् भने उनले प्रधानमन्त्री पदबाट राजिनामा दिएको सेना प्रमुखले घोषणा गरेका थिए ।

बङ्गलादेशमा भएको आन्दोलनका कारण भारत पलायन भएकी आवामी लीगकी नेतृ शेख हसिना वाजेदको प्रधानमन्त्री पदबाट राजिनामापछि प्रधानमन्त्री नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ तर गार्मेन्ट फ्याक्ट्रीमा मजदुरहरूले रोजगारी र राम्रो तलबको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

यस्ता प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुने गर्दथे। गत सेप्टेम्बर ३० मा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एक गार्मेन्ट कामदारको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

बंगलादेश गार्मेन्ट्स एण्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनकी अध्यक्ष कल्पना अख्तरले आइतबार कारखाना मालिक र सरकारको दृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्ने बताए ।

अख्तरले एएफपीसँग भने, ‘ज्याला वृद्धिको बारेमा छलफल तब मात्र हुन्छ जब कामदारहरू सडकमा उत्रन्छन्।’

उनले यस क्षेत्रमा स्थिरता सुनिश्चित गर्नका लागि परिवर्तन आवश्यक रहेको बताउँदै अन्यथा श्रमिकहरू चुप लागेर नबस्ने चेतावनी दिए ।

बङ्गलादेश चीनपछि कपडाको दोस्रो ठूलो निर्यातकर्ता हो र लेभिज, जारा र एच एन्ड एमलगायत विश्वका धेरै शीर्ष ब्रान्डहरू आपूर्ति गर्दछ ।

बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनका अध्यक्ष खान्देकर रफिकुल इस्लामले चुनौतीपूर्ण समयबाट गुज्रेपछि उद्योग अहिले स्थिर रहेको बताए ।

इस्लामले शनिबार पत्रकारहरूसँग कुरा गर्दै अगस्टयता करिब ४० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गर्दै भने, ‘सेनाले कारखानाहरूको सुरक्षाका लागि एक कार्यदल गठन गरेको छ, र उनीहरूले गार्मेन्ट क्षेत्रहरूमा सुरक्षा सुनिश्चित गर्न नियमित गस्ती गरिरहेका छन् ।’

‘क्रेताहरूले बङ्गलादेशी पहिरनमा आफ्नो विश्वास पुनः प्राप्त गरेका छन्, तर स्थिरता कायम गर्न निर्बाध कानून र व्यवस्था आवश्यक छ,’ उनले भने । मकालु खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *