शहीद हीरालाल रंङ्गशालाको खेल मैदानमा जारी दोस्रो बिकल रेग्मी
राजन चौधरी बारा
बाराको निजगढ नगरपालिका वार्डा नम्बर ९ मा रहेको शहीद हीरालाल रंङ्गशालाको खेल मैदानमा जारी दोस्रो बिकल रेग्म समृती जुनियर फुटबल प्रतियोगिता २०८२ दोस्रो बिकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ हात पारेको छ। समापन समारोहको आज फाइनल खेलमा वडा नम्बर १३ लाई १÷० ले पराजित गर्दै वार्डा नम्बर ७ ले उपाधि चुमेको हो ।जितसंगै वडा नम्बर ७ ले ८० हजार नगद पुुरस्कार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता टोलीले ५००० हजार नगद पुुरस्कार र ट्रफीमा चित्त बुझाएको छ । विजेता टोली र खेलागीहरुलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख समोमाया थिङ्गलगायतले पुरस्कार र ट्रफी वितरण गरेका थिए ।प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको पहिलो मिनेटमा नै गोल गरेर वार्डा नम्बर ७ ले उपाधिमाथि कब्जा जमाएको हो । उपाधि होडमा वार्डा नम्बर ७ का प्रिन्स पुुलामीले निर्णायक गोल गरेका थिए । आजको खेलको म्यान अफ दि म्याच विजेता टोलीका प्रिन्स पुुलामी नै घोषित भए ।प्रतियोगितामा उत्कृष्ट खेलाडी विजेता टिमका राम अर्याल बने भने उत्कृष्ट गोलरक्षक वार्डा नम्बर ७ कै गोल रक्षक जेम्स थापामगर घोषित भएका थिए । त्यसैगरी उत्कृष्ट डिफेन्डर उपविजेता टोलीका समिर गोङ्गवाले हात पारे । उनीहरुलाई कार्यक्रमका प्रमुुख अतिथि तथा निजगढ नगरप्रमुख सुुरथ पुुरी, विशिष्ठ अतिथि उपप्रमुुख सोममाया थिङ्ग, स्व. विकल रेग्मीका आमा कमला रेग्मी, निजगढ नपा शिक्षा शाखा अधिकृत उत्तम लामिछानेले संयुुक्त रुपमा जनही नगद १००० हजार ५०० सय सहित ट्रफी प्रदान गरेका थिए ।प्रतियोगितामा निजगढ नगरका १३ वाटा वार्डा बाट १६ वर्ष उमेर मुनिका खेलाडीहरु सहभागी बनेका थिए ।त्यसैगरी विकल रेग्मी स्मृति प्रतियोगिताको फाईनल खेलअघि भएको मैत्रीपूर्ण महिला फुटबलमा निजगढ ८ स्थित हिमाल युुवा क्लव विजयी भएको छ ।हिमाल युवा क्लबले सिगौलका महिला फुटबल टोलीलाई १÷० गोलले पराजित गरेको हो ।हिमाल युवाकी कविता माझीले निर्णायक गोल गरेकी थिइन ।
