कटहरिया–७ बगहीमा अति गरिब बालबालिकालाई १५० थान ज्याकेट वितरण
filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 129.81927;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 40;zeissColor: bright;
पुस ३० गते राम प्रवेश बैठा
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर–७ बगहीमा लोकप्रिय समाजसेवी युवा नेता शेख प्रवेज आलमको पहलमा अति गरिब परिवारका १५० जना बालबालिकालाई न्यानो ज्याकेट वितरण गरिएको छ। जाडो मौसमका कारण बालबालिकाले भोग्नुपरेको कठिनाइलाई ध्यानमा राख्दै प्रवेज आलमले मानवीय सहयोग स्वरूप ज्याकेट वितरण कार्यक्रम आयोजना गर्नु भएको हो।
कार्यक्रममा बोल्दै समाजसेवी नेता शेख प्रवेज आलमले आफू सधैं जनतासँग प्रत्यक्ष सरोकार राखेर काम गर्दै आएको र आगामी दिनमा पनि जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैको सहकार्य आवश्यक रहेको भन्दै सामूहिक प्रयासबाट मात्र समाज रूपान्तरण सम्भव हुने धारणा राख्नुभयो।
ज्याकेट वितरण कार्यक्रममा गाउँका समाजसेवी युवा नेता शेख मजिद आलमसहित विभिन्न सामाजिक संघ–संस्था, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित स्थानीयवासीहरूले समाजसेवी प्रवेज आलमको पहलको खुलेर प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले गरिब तथा विपन्न परिवारका बालबालिकालाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका थिए।
स्थानीयस्तरमै गरिएको यस प्रकारको सहयोगले सामाजिक सद्भाव र आपसी सहयोगको भावना अझ मजबुत बन्ने विश्वास लिइएको छ।
