छठ पर्व मनाउन युवा नेता दीपेन्द्र साहद्धारा छठ व्रतालु महिलालाई साडी बित्रन

0

कार्तिक ९ गते

सर्लाहीको धनकौल गाउँपालिकामा छठ पर्वलाई दृष्टिगत गर्दै विपन्न परिवारलाई साडी वितरण गरिएको छ ।
धनकौलका नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र साहले
पालिकाको विभिन्न टोलका विपन्न परिवारकी व्रतालु महिलाहरुको लागि आईतबार (आज) सम्पन्न कार्यक्रममा उनले गरिब, विपन्न, दलित तथा एकल महिलालाई लक्षित गरी साडी वितरण गरेका हुन्।
साहले आफ्नो व्यक्तिगत खर्चमा वितरण गरेको जनाउँदै, “छठ जस्तो महान् पर्वमा सानो सहयोगले पनि खुशी बाँडिन्छ,” भन्दै आगामी दिनमा अझ थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।करिब ३०० सय साडी प्रदान गरेका छन् । हिन्दु धर्मावलम्बीहरुले मनाउने आस्था एवम् निष्ठाको पर्व तथा सबभन्दा ठुलो पर्वको रुपमा मानिने छठ पर्वमा व्रतालुहरुलाई नयाँ साडी वितरण गरिएको हो ।
गरिबीको रेखामुनी रहेका विपन्न परिवारलाई सहयोगको भावनाले पर्वमा नयाँ साडी प्रदान गरिएको युवा नेता दीपेन्द्र
साहले बताए । उनले दुई छाक खान समेत समस्या हुने परिवारलाई छठ पर्वमा चाहिने नयाँ लुगाको लागि साडी प्रदान गरिएको हो । छठ पर्वका अवसरमा गरिएका यस्ता सहयोगात्मक कार्यले स्थानीय समुदायमा सामाजिक एकता र सहभावना सुदृढ हुने सहभागीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *