मौलापुर नगरपालिकाको दीर्घकालीन सिँचाइ समाधानका लागि विशेष पहल : ५६ वटा डिप बोरिङ जडान गरिने

0
  1. राम प्रवेश बैठा

साउन २१ गते

मौलापुर, रौतहट – सिँचाइको दीर्घकालीन समाधान र कृषिको व्यावसायीकरणतर्फ सशक्त कदम चाल्दै मौलापुर नगरपालिकाले नविनतम यान्त्रिक सिँचाइ प्रणाली सञ्चालनको प्रक्रिया अघि बढाएको छ। नगर प्रमुख रिना कुमारी साहज्यूको अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह उपमेयर नगेन्द्र यादव सबै वाडा अध्यक्ष कार्य पालिका सदस्य को रोहबरमा हालै सम्पन्न एक महत्त्वपूर्ण बैठकबाट तीन वर्षे सिँचाइ योजना सार्वजनिक गरिएको हो।

उक्त निर्णयअनुसार अबको ३ वर्षभित्र नगर क्षेत्रभित्र ५६ वटा डिप बोरिङ जडान गरिनेछ। साथै, कृषकहरूको आयआर्जन सुधार र कृषि उत्पादनमा वृद्धिका लागि आधुनिक तथा व्यावसायिक खेतीसम्बन्धी तालिम र अन्य सानातिना सहयोगी कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ।

नगरपालिकाले योजना सफल कार्यान्वयन गर्नसाथ करिब ३७५० बिघा क्षेत्रफलमा भूमिगत सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ। यसले स्थानीय कृषकहरूको कृषि उत्पादनमा वृद्धि हुने मात्र होइन, आयआर्जन, रोजगारी र समग्र ग्रामीण आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख साहले सबै नगरवासी, कृषक, जनप्रतिनिधि र सरोकारवाला निकायहरूलाई योजना कार्यान्वयनमा सक्रिय सहकार्य र योगदान गर्न आग्रह गर्नुभएको छ।

सिँचाइको भरपर्दो संरचना निर्माणमार्फत मौलापुर नगरपालिकाले जलवायु अनुकूल खेती र दीगो कृषि विकासतर्फ ठोस कदम चालेको संकेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *