आम सांस्कृतिक महासंघ मधेश प्रदेशको बैठक मौलापुरमा सम्पन्न

0

असार ११ गते असार राम प्रवेश बैठा

रौतहट, मौलापुर – रौतहटको मौलापुर नगरपालिका स्थित पिकनिक पार्कमा आज आम सांस्कृतिक महासंघ मधेश प्रदेशको बैठक सम्पन्न भएको छ। बैठकको प्रमुख अतिथि पूर्व मन्त्री तथा आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साह र आम संस्कृति मोर्चाको केन्द्रीय इन्चार्ज कलाकार बिजय यादव निर्विज रोहबरमा र आम संस्कृति मधेश प्रदेश अध्यक्ष दिपलाल राय यादवको अध्यक्षतामा रहेका थिए।

बैठकमा आम संस्कृति महासंघ का इन्चार्ज बिजय यादव निर्विजले मधेश प्रदेशभरिका कलाकार, साहित्यकार, र विभिन्न सांस्कृतिक क्षेत्रसँग आवद्ध प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि साहले कलाकारहरू राष्ट्रको गौरव र पहिचान बोकेको सम्पत्ति भएको उल्लेख गर्दै, उनीहरूको सम्मान र हक–अधिकार सुनिश्चित गर्न सबै तहका सरकार र सरोकारवालाहरू गम्भीर हुनुपर्ने धारणा राखे।

बैठकले कलाकारहरूको अधिकार सुनिश्चित गर्न संगठनात्मक रूपमा सशक्त संघर्ष अघि बढाउने निर्णय गरेको छ। साथै, मधेश प्रदेशमा संगठन निर्माण र विस्तारलाई तीव्रता दिने रणनीति तय गरिएको महासंघका प्रदेश संयोजकले जानकारी दिए।

बैठकमा स्थानीय कला, संस्कृति र भाषाको संरक्षणका लागि सरकारी नीतिमा प्रभावकारी दबाब सिर्जना गर्ने निर्णयसमेत गरिएको छ। कलाकारहरूको योगदानलाई मूलधारको विकास योजनामा समावेश गर्नुपर्ने मागसहित महासंघले आगामी दिनमा विभिन्न आन्दोलनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ।

कार्यक्रममा मौलापुर नगर प्रमुख रिना कुमारी साह र आम संस्कृति महासंघ का अध्यक्ष सरिता साह गायक नबिन सिंह पटेलले कार्यक्रम संचालन गरेको र बिभिन् जिल्लाबाट आएका प्रतिनिधिहरूले आफ्ना क्षेत्रीय अनुभव र समस्या प्रस्तुत गरेका थिए भने, सांस्कृतिक प्रस्तुतिहरूले बैठकलाई जीवन्त बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *