रौतहटमा सेफ्टी ट्याङ्कीमा खसेर दुई बालबालिकाको मृत्यु
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
रौतहट, ११ गते असार चन्द्रपुर
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१० निबुवा टोलमा सेफ्टी ट्याङ्कीमा खसेर दुई जना साना बालबालिकाको मृत्यु भएको छ।
ज्यान गुमाउनेमा स्थानिय गरिमा साहका दुई वर्षीय छोरा रञ्जे साह र जगदिश साहकी दुई वर्षीया छोरी खुश्बु साह रहेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार दुवै बालबालिका खेल्ने क्रममा ट्याङ्कीमा खसेका थिए।
घटना बिहीबार दिउँसो भएको हो। तत्कालै उद्धार गरी उपचारका लागि लगिएको भए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार बालबालिका खेल्ने स्थानको नजिकै रहेको सेफ्टी ट्याङ्की खुला अवस्थामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाले स्थानीय क्षेत्रमा शोकको छायाँ छाएको छ। सुरक्षित पूर्वाधार निर्माण तथा बालबालिकाको सुरक्षामा ध्यान दिनुपर्ने विषय पुनः उठेको
