आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै
वीरगञ्ज ।
बुधवार मात्रै जेलमुक्त भएका काँग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ।
आलमलाई मस्तिष्क घात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको छ। उनको अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ ।

रौतहटमा भएको बम विस्फोट कसुरमा जिल्ला अदालतले जन्मकैदको फैसला गरिएका उनलाई उच्च अदालतले सफाइ दिएको थियो।
आलम बुधवार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए।

