ललितपुर, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकका बाढीप्रभावित क्षेत्रमा पुग्दै मन्त्रीको टोली

0

 असोज २२, २०८१

मन्त्रीहरूले मंगलबार काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्रको अवलोकन गर्ने भएका छन् ।

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली काभ्रेको मंगलटार, सिन्धुलीको खुर्कोट, सिन्धुपाल्चोकको चौतारा, ललितपुरको गोटीखेलका लागि प्रस्थान गरेका हुन् ।

उनीहरूले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनःनिर्माण र राहतका कार्यक्रमलगायत विषयमा छलफल गर्नेछन् ।
असोज १० देखि १२ गतेसम्म आएको बाढीपहिरोमा परी २ सय ४६ जनाको मृत्यु तथा १८ जना बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

अन्य १ सय ७८ जना घाइते भएकोमा ३० जनाको विभिन्न अस्पतालमा  उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न तीव्ररूपमा प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।लोकान्तर संवाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *