अर्जुन कपूरको कति छ सम्पत्ति?

0

काठमाडौं, असोज ८

बलिउड अभिनेता अर्जुन कपूर एक ठूलो फिल्मी परिवारका हुन्।

उनका बुबा बोनी कपूर फिल्म निर्माता हुन् भने उनका काका अनिल कपूर र संजय कपूर पनि फिल्मकर्मी हुन्। त्यस्तै उनका बहिनी जान्हवी, खुशी र सोनम कपूर पनि फिल्म क्षेत्रमै आवद्ध छन्।

अर्जुनलाई पढाइ लेखाइमा खासै रूचि थिएन। ११ कक्षामा फेल भएपछि उनले पढाइ छाडेका थिए।

अर्जुनले २०१२ मा परिणीति चोपडासँग फिल्म ‘इश्कजादे’ बाट बलिउडमा डेब्यू गरेका थिए। यसपछि उनले ‘गुंडे, २ स्टेट्स, फाइङडिङ फैनी, की एन्ड का, हाफ गर्लफ्रेन्ड, वान्टेड, सन्दीप और पिंकी फरार’ जस्ता फिल्ममा अभिनय गरेका थिए।

उनले १८ वटा फिल्ममा अभिनय गरेपनि ४ वटा मात्रै हिट सावित भएको छ। उनै अभिनेता अर्जुनको ८५ करोड भारूको सम्पति छ।

उनी एक फिल्मको लागि ५ देखि ७ करोड भारू पारिश्रमिक लिन्छन्। उनी फिल्म र विज्ञापनबाट कमाइ गर्छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनी एक महिनामा १ करोड भारू कमाइ गर्छन्।

मुम्बईमा अर्जुनको एक घर छ भने बान्द्रामा एक फ्याट छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *