रौतहटमा महाविष्णु महायज्ञको भव्य शुरुआत, पहिलो दिन विशाल कलश यात्रा बगहीमा सम्पन्न

0

filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 128.55292;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 34;zeissColor: bright;

चैत ८ गते राम प्रवेश बैठा

रौतहट, कटहरिया नगरपालिका वडा नम्बर ७ बगहीमा धार्मिक आस्थाको केन्द्रका रूपमा श्री श्री १००८ श्री विष्णु महायज्ञ सुरु भएको छ। विश्व शान्तिको कामनासहित आयोजना गरिएको महाविष्णु महायज्ञको पहिलो दिन आइतबार भव्य रूपमा कलश यात्रा सम्पन्न गरिएको छ।

महायज्ञको पूर्वसन्ध्यामा निकालिएको उक्त कलश यात्रामा उल्लेखनीय जनसहभागिता देखिएको थियो। आयोजकका अनुसार करिब ११०० भन्दा बढी कुमारी कन्या तथा महिला सहभागी भएका थिए भने बगही र आसपासका गाउँबाट हजारौँ श्रद्धालु नरनारीको उपस्थिति रहेको थियो। बकैया नदीबाट पवित्र जल भरेर श्रद्धालुहरू कलश बोकी महायज्ञ स्थलसम्म पैदल यात्रा गरेका थिए। धार्मिक भजन, कीर्तन र मन्त्रोच्चारणसँगै सम्पन्न गरिएको कलश यात्रा अत्यन्त श्रद्धा र भव्यताका साथ सम्पन्न भएको स्थानीयले बताएका छन्।

चैत ८ गतेदेखि औपचारिक रूपमा सुरु हुने महाविष्णु महायज्ञमार्फत धार्मिक जागरण फैलाउने, सामाजिक सद्भाव कायम गर्ने तथा विश्व शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ।
महायज्ञ अवधिभर विभिन्न धार्मिक कार्यक्रम, कथा प्रवचन, भजन-कीर्तन लगायतका गतिविधि सञ्चालन हुने जनाइएको छ। स्थानीयवासी तथा भक्तजनमा महायज्ञप्रति ठूलो उत्साह देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *