रौतहट–३ मा प्रभु साहको घरदैलो तीव्र, ‘मोबाइल छाप’ पक्षमा जनलहर बढ्दै

0

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

माघ २५ गते राम प्रवेश बैठा

रौतहट जिल्ला क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहको चुनावी घरदैलो अभियान तीव्र गतिमा अघि बढिरहेको छ ।
आजको घरदैलो कार्यक्रम अन्तर्गत प्रभु साहले देवाही गोनाही नगरपालिका वडा नम्बर ९ धरहरी, गरुडा नगरपालिका पोठियाही तथा भिमडावर क्षेत्रमा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया तथा मत माग्दै अभियान सञ्चालन गरेका छन् ।
स्थानीयवासीका अनुसार यस पटक **‘मोबाइल छाप’**को पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको छ । प्रभु साहले विगतमा गरेका विकास निर्माणका कामहरू जनताले प्रत्यक्ष रूपमा देखेको र अनुभूति गरेको भन्दै धेरै मतदाताले “विकासप्रति प्रतिबद्धताको ग्यारेन्टी” प्रभु साहबाट मात्रै हुने प्रतिक्रिया दिएका छन् ।
घरदैलोका क्रममा स्थानीयहरूले अन्य नेताहरूले चुनावमा भाषण मात्र गर्ने तर जितेपछि जनताको समस्या र आवाजलाई बेवास्ता गर्ने गरेको गुनासो गरेका थिए । तर प्रभु साहले विकासका कामसँगै जनताको आवाज संसदसम्म पुर्‍याउने क्षमता राख्ने भएकाले आफूहरू यस पटक मोबाइल छापमा मतदान गर्न तयार रहेको उनीहरूको भनाइ छ ।
प्रभु साहले पनि घरदैलोका क्रममा जनताको समस्या, माग र सुझाव सुन्दै रौतहट–३ लाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *