मौलापुर बितरण केन्द्र प्रमुखको रूपमा ई.उमेश कुमार दासले सम्हालेपछि जनतामा खुसीयाली

0

पुस २१ गते राम प्रवेश बैठा

नेपाल विद्युत प्राधिकरण अन्तर्गत मौलापुर वितरण केन्द्रमा नयाँ केन्द्र प्रमुखको रूपमा ई.उमेश कुमार दासले जिम्मेवारी सम्हालेपछि कार्यालयको कार्यशैली, सेवा प्रवाह तथा उपभोक्ता सन्तुष्टिमा उल्लेखनीय सुधार देखिन थालेको छ।
नयाँ नेतृत्वको आगमनसँगै कार्यालयलाई सेवा–मैत्री बनाउने, उपभोक्ताको गुनासो समयमै समाधान गर्ने तथा कर्मचारीहरूलाई जिम्मेवार र सक्रिय बनाउनेतर्फ विशेष ध्यान दिइएको छ। यसकै परिणामस्वरूप लामो समयदेखि उठ्न नसकेका विद्युत बक्यौता महसुल असुलीमा उल्लेखनीय प्रगति भएको छ। पछिल्लो एक महिनामै करिब दुई करोड महसुल संकलन हुनु यसैको उदाहरण हो।
बक्यौता असुलीलाई व्यवस्थित बनाउन उपभोक्तालाई पूर्वसूचना दिइने, किस्ताबन्दीको व्यवस्था मिलाइने तथा अनावश्यक दबाबभन्दा सेवा र सहकार्यलाई प्राथमिकता दिइएको केन्द्रको भनाइ छ। तर, बारम्बार आग्रह गर्दा पनि महसुल नबुझाउने उपभोक्तामाथि नियमअनुसार कारवाही गरिएको छ। साथै ट्रान्सफर्मर मर्मत, विद्युत लाइन विस्तार, भोल्टेज समस्या तथा अनियमित आपूर्तिमा समेत सुधार भएको छ।
स्थानीय उपभोक्ताहरूले पनि कार्यालयको कार्यशैलीमा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिएका छन्। पहिलेको तुलनामा अहिले कार्यालयमा सहज पहुँच, व्यवहारमा शालीनता र गुनासो सुन्ने संस्कार विकास भएको उपभोक्ताहरूको प्रतिक्रिया छ।
केन्द्र प्रमुख ई. उमेश कुमार दासज्यूले सेवा सुधार नै पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै भने,“उपभोक्ता सन्तुष्टि बिना संस्थाको लक्ष्य पूरा हुँदैन। त्यसैले पारदर्शिता, नियमको पालना र सेवा सुधारलाई सँगसँगै अघि बढाइरहेका छौं।”
नयाँ नेतृत्वपछि मौलापुर वितरण केन्द्र महसुल संकलन मात्र होइन, समग्र विद्युत सेवा सुधारतर्फ उन्मुख भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *