गाउँपालिका बाट नागरिकलाई छिटो, सरल, पारदर्शी

0

राजन चौधरी पत्रकार
पुष ८ गते
बाराको गढवा गाउँपालिका बाट नागरिकलाई छिटो, सरल, पारदर्शी र जवाफदेही सेवा प्रबाह गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले सार्वजनिक सुनुवाइ कार्यक्रममा स्पष्ट गर्नुभएको छ।
दाङ देउखुरीको गढवा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार गढवा–२ पचहिया स्थित वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य गाउँपालिकाका सेवा, विकास योजना, बित्तीय अवस्था र प्रशासनिक गतिविधिबारे नागरिकलाई प्रत्यक्ष जानकारी गराउनु रहेको थियो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडयालले वार्डा नम्बर १ देखि ८ सम्म सञ्चालन भएका कार्यक्रमहरूको प्रगति बिबरण र सम्पन्न योजनाबारे जानकारी दिँदै गाउँपालिकाका बिभिन्न शाखाहरूको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत पौडेयालले आर्थिक बर्ष २०८२/०८३ को चौमासिक वित्तीय प्रगति विवरण सार्वजनिक गर्दै श्रावणदेखि मंसिरसम्म चालु खर्चतर्फ २४.५९ प्रतिशत र पूँजीगत खर्चतर्फ ७.९१ प्रतिशत गरी कुल १४००००००० करोड ८४००००० लाख ५७००० हजार १९ रुपैयाँ ९९ पैसा खर्च भएको जानकारी दिनु भयो यस अबधिमा कुल खर्च १८.८४ प्रतिशत पुगेको छ भने आम्दानी २५.६२ प्रतिशत रहेको छ। आठ वाटै वार्डा समेटेर मंसङ्गसिर महिना सम्म ५२०००००० लाख ७००० हजार ४०० सय १३ रुपैयाँ ४३ पैसा राजस्व संकलन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्थानीय सेवाका विभिन्न समूहका १० जना कर्मचारीको तहवृद्धि गरिएको, कर्मचारी, जनप्रतिनिधि र शिक्षक गरी ७७१ जनाको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको जानकारी दिइयो। यस्तै १०४ जना कर्मचारीलाई सेवा करार सम्झौता गरी निरन्तरता दिइएको छ।
वैदेशिक रोजगारीका क्रममा २२ जनालाई पुनः श्रम स्वीकृति प्रदान गरिएको र विदेशमा मृत्यु भएका एक जनाको परिवारलाई बीमा कम्पनी तथा वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सहायता रकमको प्रक्रिया अघि बढाइएको जनाइएको छ। १५ वाटा सहकारी संस्थालाई बिनियम तथा स्वीकृति प्रदान गर्दै प्रणालीमा आबद्ध गरिएको, सात पटक कार्यपालिका बैठक बसेको र अनलाइन प्रणालीमार्फत दर्ता तथा चलानी सेवा सुरु गरिएको विवरण पनि प्रस्तुत गरिएको छ।
सार्बजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण रेडियो साझा आवाजका प्रबन्धक दुखहरण यादवले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *