बिरेन्द्र प्रसाद सिंहद्वारा सर्लाहीमा ४ दिने निःशुल्क आँखा (मोतीबिन्दु) शिविर उद्घाटन पौष ३ गते

0

पौष ३ गते

सर्लाही । बैजनाथ आमा तथा बाल अस्पताल, धनकौल सर्लाहीको आयोजनामा चारदिने निःशुल्क आँखा (मोतीबिन्दु) स्वास्थ्य शिविर आजदेखि सुरु भएको छ। शिविरको उद्घाटन नेपाली कांग्रेसका युवा नेता, मधेस प्रदेशका उप–सभापति तथा पूर्व मन्त्री माननीय बिरेन्द्र प्रसाद सिंहज्यूले एक विशेष समारोहबीच उदघाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पूर्व मन्त्री सिंहले ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता स्वास्थ्य शिविरहरूले आँखाजस्तो संवेदनशील अंगको समयमै उपचार सम्भव बनाउँदै नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

चार दिनसम्म सञ्चालन हुने यस शिविरमा आँखासम्बन्धी रोगको निःशुल्क परीक्षण, परामर्श तथा आवश्यक परेमा मोतीबिन्दु शल्यक्रिया गरिनेछ। शिविरमा सहभागी बिरामीहरूलाई आवश्यक औषधि तथा कालो चस्मा समेत निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ।

लायन्स क्लब अफ काठमाडौं अर्घाखाँचीको संयोजनमा बी.पी. नेत्र प्रतिष्ठान लोकन्थली भक्तपुर, रुइट फाउन्डेसन, मल्टिपर्पस फाइनान्स लिमिटेड जनकपुर तथा अन्य सह–आयोजक संस्थाहरूको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको नेपाली काग्रेश मधेस प्रदेश सुचना तथा सञ्चार बिभागका सचीव निकेश त्रिपाठीले बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक संस्थाले यस्तो जनहितकारी स्वास्थ्य अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *