राैतहटमा अवैध हतियारसहित एक युवक पक्राउ

0

मंसिर ०६ गते
रौतहट । चन्द्रपुर नगरपालिका–४ देउराली चोकमा सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा #अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। शनिबार दिउँसो करिब ३ः३० बजे सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी सुरक्षा बेस सन्तपुरबाट सप्रनाउ राजेन्द्रबहादुर बस्नेतको नेतृत्वमा खटिएको १० जनाको टोलीले मकवानपुर हेटौडा–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।

शंका लागेर गरिएको चेकजाँचमा आचार्यले बोकेको झोलाबाट दुईवटा पेस्तोल, गोलाबारुदसहित विभिन्न सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित उनलाई सुरक्षा बेस सन्तपुरमा राखी नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सीमा सुरक्षा बल गौरका #प्रमुख_रामहरि_अधिकारीले जानकारी दिए।
सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले दिएको विबरण अनुसार टाेलिले चेक जाँच गर्ने क्रममा बरामद सामग्रीहरूमा ९ मि.मि. ब्राउनिङ पेस्तोल (CF-98-9)सिरीयल नं. 000169 08236र साेको म्याग्जिन: १ थान , ब्रेटा गारडोनेट भिटी , सिरीयल नं. PX 355230 ईटालीमा बनेको म्याग्जिन: १ थान ,बाल (राउण्ड) १३ थान (पिन्धिमा 31123 उल्लेख), ओपो मोबाइल १ थान,खुकुरी १ थान,ग्लोबल आईएमई बैंकको भिजा एटीएम कार्ड १ थान,लाइसेन्स रसिद १ थान र झोला १ थान रहेका छन ।
जिल्लामा पछिल्लो समय हतियार अपराध बढ्दै गएको भन्दै प्रहरीले निगरानी कडाइ गरेको छ। पक्राउ परेका युवकमाथि अवैध हतियार राखेको अभियोगमा मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *