सुखी किसान कृषि सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न

0

filter: 0; fileterIntensity: 0.000000; filterMask: 0; captureOrientation: 0; shaking: 0.000000; highlight: 1; algolist: 0; multi-frame: 1; brp_mask: 0; brp_del_th: 0.0000,0.0000; brp_del_sen: 0.0000,0.0000; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 306.63953;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 65539;weatherinfo: weather:null, icon:null, weatherInfo:100;temperature: 36;zeissColor: nature;

राम प्रवेश बैठा २७ गते

रौतहट, मौलापुर–६ मा सुखी किसान कृषि सहकारी संस्था लिमिटेड, मौलापुर नगरपालिका–६ पथरा बुधरामले आफ्नो १०औँ वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ। सभामा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह प्रमुख अतिथि तथा उप–नगर प्रमुख नगेन्द्र राय यादव विशिष्ट अतिथिका रूपमा उपस्थित रहे।
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, पत्रकार रामप्रवेश बैठा, सहकारीका अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदाधिकारी र सदस्यहरू समेतको सक्रिय उपस्थिति रहेको थियो।
सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले किसानको आर्थिक उन्नतिका लागि विविध योजनाहरू सञ्चालन गर्दै आएको र आगामी दिवसमा अझ प्रभावकारी रूपमा विस्तार गर्ने योजना रहेको बताइयो। कार्यक्रममा अतिथिहरूले सहकारीको प्रगतिप्रति खुशी व्यक्त गर्दै किसानलाई सशक्त बनाउने कार्यलाई अझ सुदृढ रूपमा अघि बढाउन सुझाव दिए।
सहकारीले आगामी वर्षमा किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने, कृषि उत्पादन वृद्धिका लागि आवश्यक सहयोग र सेवा विस्तार गर्ने, तथा समुदाय विकासमा निरन्तर सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रम प्रगतिको कामना तथा सहकारी र किसानबीचको विश्वास अझ मजबुत बनाउने संकल्पका साथ सम्पन्न भएको सहकारीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *