मौलापुरमा अभिभावक भेला सम्पन्न, शिक्षामा सुधारको प्रतिबद्धता व्यक्त
राम प्रवेश बैठा २१ गते कर्तिक
रौतहटको मौलापुर नगरपालिका–५ स्थित श्री लक्ष्मीनिया माध्यमिक विद्यालयमा आज अभिभावक भेला सम्पन्न भएको छ। कार्यक्रममा मौलापुर नगर प्रमुख रिना कुमारी साह प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ठगा दास, प्रधानाध्यापक तेज नारायण साह, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालयको शैक्षिक स्तर, विद्यार्थीको अनुशासन तथा सिकाइमा सुधारका विषयमा सुझाव र अभिमत राखेका थिए।भेलामा सहभागीहरूका कुरा सुनेपछि नगर प्रमुख साहले शिक्षामा थप सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्न नगरपालिका सदैव सहयोगी रहने आश्वासन दिनुभयो।
