गरुडा नगरपालिकामा आधुनिक अस्पताल निर्माणको पहल, नगरप्रमुख जयसवालको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय सुरु

0

राम प्रवेश बैठा

असार २३ गते

रौतहटको, गरुडा नगरपालिकाको जनप्रिय तथा दूरदर्शी नगरप्रमुख कन्थमनी प्रसाद जयसवालको सक्रिय पहलमा महम्मदपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १० शैयाको आधुनिक अस्पताल निर्माणको कार्यको थालनी भएको छ।

स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिँदै नगरपालिकाले अस्पताल निर्माणको प्रारम्भिक चरणस्वरूप आजै जग्गा खरिदका लागि रु. २२ लाख ५६ हजार २५० बराबरको चेक हस्तान्तरण गरेको छ।

आज सम्पन्न एक विशेष कार्यक्रममा नगरप्रमुख जयसवालले स्वास्थ्यलाई सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “नगरवासीको स्वास्थ्य सुरक्षामा कुनै कसर बाँकी राख्दैनौं। आधारभूत स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउने हाम्रो दायित्व हो।”

कार्यक्रममा विभिन्न वडाध्यक्षहरू, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्रभलादमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस ऐतिहासिक निर्णयको खुलेर प्रशंसा गरे।

स्थानीयवासीहरूले अस्पताल निर्माणको खबरलाई स्वागत गरेका छन्। उनीहरूका अनुसार यसले अब गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकिने छ, जुन विगतमा सम्भव थिएन।

नगरपालिकाले लिएको यो दूरदर्शी निर्णयले स्थानीय तहमा स्वास्थ्य पूर्वाधार सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यो अस्पताल निर्माण कार्यले गरुडा नगरपालिकाको सामाजिक उत्तरदायित्व तथा विकासप्रतिको गम्भीर प्रतिबद्धता प्रष्ट पार्दछ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *