श्रमको सम्मान, राष्ट्रको अभियान” नाराका साथ न्यूनतम रोजगार प्राप्त श्रमिकहरूका लागि सम्मान कार्यक्रम सम्पन्न

0

राम प्रबेश बैठा
रौतहट, असार २३ गते ।
“श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ रौतहटको मौलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय पतौरा, रौतहटको आयोजनामा न्यूनतम रोजगार प्राप्त गर्ने श्रमिकहरूका लागि सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि मौलपुर नगरपालिकाकी नगर प्रमुख रिना साह र बिष्ठ अतिथि उपनगर प्रमुख नागेन्द्र प्रसाद यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह प्रधानमन्त्री सो रोजगार योजना प्रमुख दिपेश साह लगायत ९ का वडाअध्यक्ष श्याम सुन्दर प्रसाद शाह सहलेखा भटन बैठा लगायतको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा न्यूनतम रोजगार कार्यक्रम अन्तर्गत रोजगार प्राप्त गरेका श्रमिकहरूलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। आयोजक संस्थाका संयोजक दिपेश साहले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख रिना साहले श्रमिकहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै भनिन्, “देशको समृद्धिको आधार श्रम हो, र श्रमिकहरूको सम्मान गर्नु हाम्रो कर्तव्य हो।” उपप्रमुख यादवले पनि श्रमिकहरूको परिश्रम र योगदानको प्रशंसा गर्दै आगामी दिनमा रोजगार सिर्जना अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रमले श्रमिकहरूमा उत्साह थप्नुका साथै श्रमको सम्मान गर्न समाजलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *