सर्लाहीमा एक युवक मृत फेला, हत्या आशंकामा युवती प्रहरी नियन्त्रणमा

0

साउन २७, २०८१

सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा एक युवक मृत फेला परेका छन्।

गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा १९ वर्षीय मुन्ना साह मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। उनले मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान गर्ने बताए। घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ।  वर्णन संवाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *