काठमाडौँ । साउदी अरेबियास्थित नेपाली राजदूतावास बिहीबार असोज २४ गतेदेखि तीनदिन बन्द रहने भएकाे छ। दसैँको अवसरमा दूतावास बिहीबार, शुक्रबार र शनिबार बन्द हुन लागेको हो।
बिदापछि दूतावासबाट गरिने नियमित कार्यहरू पुनः सुरु हुने एक सूचनामार्फत जानकारी गराइएको छ ।