वर्षा नरोकिएपछि मिक्लाजुङले दियो स्कुल बिदा

0

फिदिम, असोज १० गते।

निरन्तरको वर्षासँगै बाढी पहिरोको जोखिम बढेपछि पाँचथरको मिक्लाजुङ गाउँपालिकाले असोज ११ गते शुक्रबार पालिकाका स्कुल बिदा दिएको छ।

दुई दिन अघिदेखि भइरहेको वर्षासँगै ठाउँठाउँमा पहिरो र ढिस्का लड्नुका साथै खोला खोल्सामा बाढीको जोखिम बढेको भन्दै गाउँ‘पालिकाले शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाका सडक अवरुद्ध भएकाले बालबालिका स्कुल आउँदा जाँदा जोखिम बढ्ने भन्दै बिदा दिने जानकारी गराउनु भएको हो।

मिक्लाजुङ गाउँपालिकामा तीन वर्ष अघि कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल झरीका कारण २९ जनाको ज्यान जानका साथै सयौँ घर भत्केका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *