असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै, एशिया प्रशान्त क्षेत्रका उद्यमी र लगानीकर्ता आउने

0

७ असोज, २०८१

स्टल सुरक्षित गर्न सकिने छ ।

अक्टोबर ५ अर्थात आगामी असोज १९ गते शनिबार नेपालमा आन्टरप्रेनर समिट २०२४ आयोजना हुने भएको छ ।

एशिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र बिजनेस लिडरलाई एकैठाउँमा ल्याउने उद्देश्यसहित आईटी कम्पनी स्विभ्ट र इन्भेष्टिया सहकार्यमा आन्टरप्रेनर समिट नेपाल २०२४ हुन लागेको हो ।

द सोल्टी काठमाडौंमा सञ्चालन हुने समिट नेटवर्किङ, ज्ञान आदान प्रदान र लगानीको अवसरका लागि राम्रो प्लेटफर्म हुने आयोजकको विश्वास छ ।

कार्यक्रममा किनोट मन्तव्यसहित प्यानल डिस्कसन र स्टाटर्टअप शोकेस लगायत हुनेछन् । समिटमा वक्ताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरूको सहभागीता रहने छ ।

समिटमा सहभागीता जनाउने टिकट काट्नु पर्नेछ । टिकट यहाँ क्लिक गरेर खरिद गर्न सकिने छ ।

साथै यदी उक्त सम्मेलनमा स्टार्टअप शोकेस गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर आफ्नो स्टल सुरक्षित गर्न सकिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *