रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता, मधेस विकासका एजेन्डामा केन्द्रित छलफल
चैत १७ गते राम प्रवेश बैठा
काठमाडौं — रवि लामिछाने र प्रभु साह बीच भेटवार्ता सम्पन्न भएको छ। भेटमा देशको वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास र आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
सभापति लामिछानेको सचिवालयका अनुसार दुई नेताबीच विशेषगरी मधेसको पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने विषयमा साझा चासो व्यक्त गरिएको थियो। साथै, मधेसका जनताको अपेक्षा अनुसार प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्नेमा दुवै नेताबीच सहमति भएको बताइएको छ।
भेटमा देशको समसामयिक राजनीतिक अवस्थाबारे समेत विचार आदान–प्रदान भएको थियो। बदलिँदो राजनीतिक परिवेशमा जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।
यसैगरी, आगामी दिनमा सहकार्यका सम्भावनाहरूबारे पनि सकारात्मक छलफल भएको स्रोतले जनाएको छ। दुई नेताबीचको यो भेटलाई मधेस केन्द्रित राजनीतिक सहकार्यको संकेतका रूपमा समेत हेरिएको छ।
