रौतहटमा महाविष्णु महायज्ञको भव्य शुरुआत, पहिलो दिन विशाल कलश यात्रा बगहीमा सम्पन्न
filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 128.55292;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 34;zeissColor: bright;
चैत ८ गते राम प्रवेश बैठा
रौतहट, कटहरिया नगरपालिका वडा नम्बर ७ बगहीमा धार्मिक आस्थाको केन्द्रका रूपमा श्री श्री १००८ श्री विष्णु महायज्ञ सुरु भएको छ। विश्व शान्तिको कामनासहित आयोजना गरिएको महाविष्णु महायज्ञको पहिलो दिन आइतबार भव्य रूपमा कलश यात्रा सम्पन्न गरिएको छ।

चैत ८ गतेदेखि औपचारिक रूपमा सुरु हुने महाविष्णु महायज्ञमार्फत धार्मिक जागरण फैलाउने, सामाजिक सद्भाव कायम गर्ने तथा विश्व शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ।
महायज्ञ अवधिभर विभिन्न धार्मिक कार्यक्रम, कथा प्रवचन, भजन-कीर्तन लगायतका गतिविधि सञ्चालन हुने जनाइएको छ। स्थानीयवासी तथा भक्तजनमा महायज्ञप्रति ठूलो उत्साह देखिएको छ।
