गौरमा सामाजिक सदभाव कायम राख्न प्रभु साहको अपिल

0

filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 168.69824;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 34;zeissColor: bright;

रौतहट ९ फागुन ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं. ३ का उम्मेदवार प्रभु साहले गौर नगरपालिकामा देखिएको सामुदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन् ।

रौतहटको कटहरियामा आज (शनिबार) सञ्चारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष साहले एकअर्काको सहअस्तित्व स्वीकार गर्दै समाज विकासका लागि मिलेर बढनुको विकल्प नभएको बताए ।

रौतहटको सबगढा सहितका क्षेत्रमा हिन्दु र मुस्लिम समुदायकाबीचमा देखिएको धार्मिक तनावले जनजिवन अस्तव्यस्त भएको छ । स्थानीय प्रशासनले कफर््यू समेत जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायका बीचमा बढदै गएको तनावले सर्वसधारणको जनजिवन प्रभावित भइरहेका बेला आजपा अध्यक्ष साहले सर्वकल्याण र एकअर्काको सहअस्तित्व स्वीकार गर्दै सामाजिक सदभाव कायम राख्न आग्रह गरेका छन् ।

‘हामी हिन्दु, मुस्लिम बर्षौदेखी एउटै समाजमा मिलेर बस्दै आएका छौं । रौतहट सर्वकल्याणको भूमि हो, सबैको सहअस्तित्व स्वीकार्दै मिलेर अगाडी बढनुको विकल्प छैन,’ आजपा अध्यक्ष साहले भने ।

एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गर्दै मानव कल्याणका लागि मिलेर अगाडी बढनुपर्ने समय र अवस्था रहेकोले द्धन्द्ध सृजना गर्नु समाजको हितविपरित रहेका छ ।

स्थानीय स्तरमा देखिएका द्धन्द्धलाई छलफल, सम्बाद एवं आपसी सहमतीमा समाधान गर्दै मानवकल्याण एवं विकासका लागि हिन्दु, मुस्लिम सहित सबै धर्मावलम्बीहरु एकजुट हुनु अहिलेको आवश्यक्ता रहेको आजपा अध्यक्ष साहले बताए । साथै उनले शान्ति, सुरक्षा कायम राख्न प्रहरी प्रशासनले समेत सचेत भएर अगाडी बढनुपर्ने सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *