नुनथर स्थित वागमती नदिमा डुबेर वेपत्ता भएका भारतीय युवकको शव बरामद
रौतहट, १८ साउन ।
वागमती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक भारतीय नागरिकको शब गुजरा नगरपालिका स्थित नहरमा आईतवार फेला परेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथर स्थित वागमती नदिमा मादक पदार्थ सेवन गरेर शनिवार दिउस २:४० बजेको समयमा नुहाउन गएका भारत विहार राज्य खगडिया जिल्ला ग्राम पंचायत पछौरा- २ घर भएका ३० बर्षीय रोहितकुमार सिहं डुबेेर बेपत्ता भएका थिए ।
भारतीय युबक सिंह डुबेर वेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणबाट विपद उद्धार टोली संगै सशस्त्र बेस सन्तपुरका डिएसपी राजेन्द्र बहादुर बस्नेत र ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक रुपेश झाको कमान्डमा खटिएका संयुक्त टोलीले गुजरा नगरपालिका- ७ पल्टुवा स्थित कुर्मी टोलमा रहेका वागमती सिंचाइका नहरमा आईतवार विहान १०:२५ बजेको समयमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
सिंहको शबलाई आफन्तले सनाखत गरेपछि चन्द्रनिगाहपुर स्वास्थ्य कार्यालयमा पोष्टमार्टम गरि शब जिम्मा लगाउने काम भईरहेको डिएसपी दिपककुमार रायले बताए ।
