मौलापुरमा लेखा पढी कानुन व्यवसायी एसोसिएसनको नयाँ कार्यसमिति शपथग्रहण तथा प्रमाणपत्र वितरण सम्पन्न

0

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 95.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

राम प्रवेश बैठा

असार १३ गते

मौलापुर, रौतहट – रौतहटको मौलापुर नगरपालिका स्थित मालपोत कार्यालय परिसरमा आज लेखा पढी कानुन व्यवसायी एसोसिएसन, मौलापुर इकाई समितिको नयाँ कार्यसमितिको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

समितिको अध्यक्षमा बालदेव राय यादव, उपाध्यक्षमा लखिन्द्र प्रसाद कुशवाहा, सचिवमा जयचन्द्र साह तेली, कोषाध्यक्षमा राम आदेश राय यादव, सहसचिवमा रञ्जित साह, सह–कोषाध्यक्षमा मुकेश प्रसाद श्रीवास्तव तथा सदस्यहरूमा राजेश राय यादव, अवध नारायण राम, सुखल पण्डित र श्याम सुन्दर गुप्ता चयन भएका छन्।

शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम मालपोत कार्यालय मौलापुरका प्रमुख कौशल किशोर झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। झाले नयाँ कार्यसमिति सदस्यहरूलाई फूलमाला र खादा लगाई स्वागत तथा सम्मान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि झाले सबै नव–निर्वाचित पदाधिकारीहरूलाई नयाँ जोश, उमङ्ग र प्रतिबद्धताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न सुझाव दिनु भएको थियो। उहाँले कानुनी पेशाको मर्यादा कायम राख्दै सेवामूलक भावनाका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रममा स्थानीय कानुन व्यवसायी, सामाजिक अगुवा र पत्रकारहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *