देवाही गोनाहीमा लैङ्गिक समानता सम्बन्धी जनचेतनामूलक तालिम संचालन

0

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 74.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

राम प्रबेश बैठा,असार १३ गते
रौतहटको देवाही गोनाही नगरपालिका गोनाहीस्थित संग्रहालयमा आज लैङ्गिक समानता सम्बन्धी जनचेतनामूलक तालिम संचालन भएको छ। सैगात नेपाल संस्थाको आयोजनामा र देवाही गोनाही नगरपालिकाको सहयोगमा संचालन तालिममा वाडा नम्बर ९ का महिलासमुहका महिला सदस्यहरूले सहभागी भएका छन्

कार्यक्रमको उद्घाटन वाडा नम्बर ९ का वडाअध्यक्ष बिर बहादुर साहले गर्नु भएको थियो। प्रमुख अतिथि साहले महिलाहरूको हक, अधिकार र समानताका लागि यस्ता तालिमहरू आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन वडाबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा वडासचिव हनुमान राय यादव,महिला बालबालिका शाखा प्रमुख राम नारायण पन्डीत समाजिक बिकास शाखा बाट रुपेश कुमार झा, पंचीकरण शाखा प्रमुख मो.मनिरुदिन फहमी; प्रशिक्षकमा राम बिर यादव र उषा शाही लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता सैगात नेपालका अध्यक्ष सुरेन्द्र पसमानले गर्नुभएको थियो भने उद्घोषणको भूमिका श्याम पसमानले निर्वाह गर्नुभएको थियो।

तालिममा सहभागी महिलाहरूलाई लैङ्गिक समानता, महिलाका अधिकार र सामाजिक सहभागिताका विषयमा प्रशिक्षण दिइएको थियो। सहभागीहरूले तालिमपछि यस्ता कार्यक्रमले आफूहरूमा चेतना र आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन्।

संघसंस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको सो कार्यक्रम सफलतापूर्वक आज देखि सुरु भएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *