प्रा.वि.बलेरीमा मेयर कुर्मीद्वारा,कम्पाउन्ड वाल,ढोका,भुइँ ढलान र रंगरोगनकार्य शिलान्यास।
राजेश निर्माणी
जेठ ३०/रौतहट
वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले वडा नम्बर १ स्थित श्री बलेरी प्राथमिक बिधालय बलेरीमा कम्पाउन्ड वाल,मुलढोका निर्माण,भुइँ ढलान र रंगरोगनकार्य सम्पन्न गर्ने उदेश्यले शिलान्यास सम्पन्न गरेका छन्।
शुक्रबार एक कार्यक्रमका बिच नगर प्रमुख कुर्मीले शिलान्यास सम्पन्न गरेका हुन्।विद्यालयको भौतिक सुरक्षा,सुन्दर वातावरण शान्त तथा अनुशासन कायम रख्नका लागि आफ्ना स्थानीय नेता तथा कार्यकर्ताहरुको विशेष पहलमा सो निर्माण तथा रंगरोगन कार्य सुरु गरिएको हो ।
उक्त कार्यक्रममा बिधालयमा कार्यरत शिक्षक,अध्यनरत विधार्थी, स्थानीय समाजसेवी,अभिभावकहरु तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कुल लागत २० लाख रुपैयाँ रहेको उक्त कम्पाउन्ड वाल,मुलढोका निर्माण,भुइँ ढलान र रंगरोगनकार्य नगर स्तरीय बजेटबाट निर्माण हुने भएको हो ।
शिलान्यास कार्यक्रमको अवसरमा सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले भने,“नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरुको अनुगमन गरी आवश्यक पूर्वाधार विकासको कामलाई प्राथमिकत मा राख्दै आएका छौं ।यसै क्रममा यो विद्यालयमा कम्पाउन्ड वालको आवश्यकता रहेको देखिएको हुँदा यहाँका स्थानीय नेताहरुले गरिदिएको पहल सराहनीय छ ।यसले विद्यालयको भौतिक सुरक्षा मात्र होइन, विद्यार्थीहरूको सिकाइ वातावरणमा समेत सकारात्मक प्रभाव पार्नेछ
