श्री आधारभूत बिधालय उचीडीहमा चार काेठे भवन शिलान्यास

0

filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 149.03133;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 36;zeissColor: bright;

जेठ ४ गते राम प्रवेश बैठा

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर–७ उचीडीहमा अवस्थित श्री आधारभूत विद्यालयमा चार कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरवल कुशवाहा तथा प्रधानाध्यापक मुक्ति नारायण कुशवाहाको विशेष पहलमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख प्रेमलाल साह कानु ले भवनको शिलान्यास गर्नुभएको हो।

मधेश प्रदेश सरकारको योजनाअन्तर्गत करिब ६५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ। निर्माण सम्पन्न भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई थप सहज र व्यवस्थित शैक्षिक वातावरण उपलब्ध हुने विश्वास लिइएको छ।

शिलान्यास कार्यक्रममा उपमेयर परनिया देवी, सोही वडाका पूर्व वडाअध्यक्ष, गाउँका भद्रभलादमी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार विस्तार आवश्यक रहेको उल्लेख गर्दै विद्यालयको स्तरोन्नतिमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।

स्थानीयवासीहरूले विद्यालय भवन निर्माण कार्यले उचीडीह क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *