बिजुली, पानी तथा विवाहसम्बन्धी बाँकी भुक्तानी दिन माग गर्दै संघर्षका कार्यक्रम घोषणा

0

बैशाख १२ गते नितेश कुमार रजक
रौतहटको मौलापुर नगरपालिकामा लामो समयदेखि बाँकी रहेको बिजुली, खानेपानी तथा विवाहसम्बन्धी भुक्तानी तुरुन्त उपलब्ध गराउन माग गर्दै विभिन्न वडाका संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
आज मौलापुर बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। समितिका संयोजक भोला पाण्डेको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा वडा स्तरदेखि प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
घोषित कार्यक्रमअनुसार:
वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तर्क्रिया तथा हस्ताक्षर संकलन गरिनेछ।
वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन–पत्र बुझाइनेछ।
वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गरिनेछ।
जेष्ठ ४ गतेदेखि माग सम्बोधन नभए नगरपालिकामा तालाबन्दी गरिने चेतावनी दिइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै संयोजक पाण्डेले लामो समयदेखि नागरिकले पाउनुपर्ने आधारभूत सेवासम्बन्धी भुक्तानी नपाउँदा जनजीवन प्रभावित भएको बताए। उनले सम्बन्धित निकायलाई तत्काल समस्या समाधान गर्न आग्रह गर्दै अन्यथा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
संघर्ष समितिले जनताको मागप्रति गम्भीर बन्न नगरपालिकासँग आग्रह गर्दै समयमै उचित निर्णय लिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *