मौलापुरमा जिल्ला प्रहरी कार्यालयद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 285.2204;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 39;zeissColor: bright;
माघ १७ गते राम प्रवेश बैठा
रौतहटको मौलापुर नगरपालिकामा आज जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मौलापुर नगरपालिका नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिताराम रिजाल रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बाबु साहको उपस्थिति रहेको थियो। साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख, मौलापुर नगरपालिकाका उप–नगर प्रमुख नागेन्द्र यादव, विभिन्न वडाका वडाध्यक्षहरू, बजार क्षेत्रका भद्रभलादमी तथा बुद्धिजीवी, सञ्चारकर्मीहरू र आम नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मौलापुरका इन्स्पेक्टरले शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीबारे जानकारी गराउँदै नागरिकका गुनासा तथा सुझावहरू संकलन गरिएको बताए। नागरिकहरूले सुरक्षा, लागूऔषध नियन्त्रण, चोरी–डकैती, ट्राफिक व्यवस्थापन लगायतका विषयमा आफ्ना जिज्ञासा र समस्या राखेका थिए।
प्रमुख अतिथि जिल्ला प्रहरी प्रमुख सिताराम रिजालले नागरिकसँग प्रत्यक्ष संवादमार्फत समस्या बुझ्नु प्रहरीको दायित्व भएको उल्लेख गर्दै प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रहरी–नागरिक सम्बन्ध मजबुत बनाउन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमले प्रहरी सेवा थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहभागिहरूले यस्ता नागरिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिन माग गरेका छन्।
