नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता अर्याल

0

काठमाडौँ ,भदौ २३, २०८१

सरकारले संगीता पहाडी अर्याललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको छ।

मन्त्रिपरिषदले गत बिहीवार उनलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। उनलाई ४ वर्षका लागि कम्पनीको प्रबन्ध निर्देशक नियुक्त गरिएको छ।
यसअघि उनी गत असोज १७ गतेदेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

उनले आजै पदभार ग्रहण गरेकी छन्। उनले आफूमाथि सरकारले देखाएको विश्वास र सदभावका लागि धन्यवाद व्यक्त गर्दै पदको गरिमाअनुसार संस्थालाई थप उचाइमा लैजान आफ्नो सम्पूर्ण ऊर्जा खर्चिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहाबाद युनिभर्सिटीबाट बीई र थाईल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजीबाट एमई गरेकी छन्।

उनी २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५१ फागुन १० गते स्थायी भएकी थिइन्। थाहा संवाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *