नेपालमा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १९ औँ साधारणसभा चितवनको सौराहामा सुरु भएको

0

filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; runfunc: 0; algolist: 0; multi-frame: 1; brp_mask:8; brp_del_th:0.0021,0.0004; brp_del_sen:0.2200,0.2200; motionR: 0; delta:1; bokeh:1; module: portrait;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 225.71408;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 35;zeissColor: bright;

सौराहा चितवन । नेपालमा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १९ औँ साधारणसभा चितवनको सौराहामा सुरु भएको छ ।

सम्मेलन तथा साधारण सभामा सहभागी हुन देशभरबाट सामुदायिक रेडियो प्रसारक, रेडियोकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधि सौराहामा भेला भएका छन् ।

हिजोबाट सुरु भएको सम्मेलन तथा साधारणसभामा सामुदायिक दिगोपन, खानेपानी र सरसफाइमा सामुदायिक रेडियोको भूमिका, नयाँ पुस्ता र रेडियो संवाद गरिएको छ ।

आज दोस्रो दिन भने सम्मेलन तथा साधारणसभाको औपचारिक उद्घाटन, डिजिटल प्लेटफर्ममा सामुदायिक रेडियो चुनौती र अवसर, नागरिक समाज र सामुदायिक रेडियो, पर्यटन प्रवर्धनमा तीन तहको सरकार र सामुदायिक रेडियोको भूमिकालगायतका बारेमा छलफल हुने अकारोबका कार्यवाहक महासचिव भक्त स्याङतानले जानकारी दिनुभयो ।

उहाँका अनुसार सौराहा घोषणापत्र जारी गर्दै सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १९ औँ साधारणसभा आजै समापन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *